२ असार काठमडौँ / फेसबुकमा ’अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई प्रहरीलाई खोजिरहेको छ ।
सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित ’अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए । उनको खोजी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विनोद घिमिरेले जानकारी दिए ।
उनकाअनुसार फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो । डा. श्रेष्ठसँग सम्पर्क नभए पनि उनका भाइसँग कुराकानी भएको डीआइजी घिमिरेले बताए । कुराकानीबाट डा. श्रेष्ठ शुक्रबार मात्रै रामेछापबाट काठमाडौं आएको खुलेको छ ।
उनको खोजीका लागि काठमाडौंमा रहेका प्रहरीका विभिन्न युनिटहरू परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो लगायत सबै युनिटहरूमा खबर गरेका छौं । खोजी भइरहेको छ,’ उनले भने ।
डीआइजी घिमिरेले डा. श्रेष्ठको अन्तिम लोकेशन चाबहिल देखाएको पनि जानकारी । साइबर ब्युरोले लोकेशन पत्ता लगाएपछि चाबहिल क्षेत्रमा विभिन्न प्रहरीले युनिटहरू परिचालन भएका छन् । अन्य सम्भावित क्षेत्रहरूमा पनि खोजी भइरहेको छ,’ उनले भने ।
उनीले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन् ।