२०८२ अषाढ १७, मंगलबार

भारतीयले बन्द गराए महाकाली नदी पुल

दार्चुला भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ २, सोमबार
भारतीयले बन्द गराए महाकाली नदी पुल

२ असार, काठमाडौँ / दार्चुला भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको बताए ।

‘धारचुलामा एउटा मर्डर केस छ । त्यो मर्डरमा संलग्न दुई जना व्यक्ति भागेर नेपाल आएको भन्ने अपुष्ट खबर छ । नेपालतर्फ हामीले पनि खोजिरहेका छौं तर फेला परेको छैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्यो भनेर दबाब दिने उद्देश्यले स्थानीयले बाटो बन्द गराएको जानकारी भारतीय अधिकारीहरुले दिएका छन् ।’ भारत सरकार आफैंले नभई भारतीय नागरिकहरुले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको पौडेलले बताए ।

भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको उनले जानकारी दिए ।

आज बिहान ११ बजेदेखि भारतीयहरुले प्रदर्शन गर्दै आएका छन् । त्यतिबेलादेखि नै महाकाली नदी माथिको पुलको बाटो बन्द छ । दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस