२०८२ अषाढ १७, मंगलबार

धादिङमा लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान

धादिङमा गाई–भैसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ २, सोमबार
धादिङमा लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान

असार २ गते काठमाडौँ / धादिङमा गाई–भैसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ ।

पशु सेवा कार्यालय धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा एकैसाथ अभियान संचालन गरेको हो । गाई–भैसीमा लम्पी स्किन लाग्न नदिन पूर्वतयारी स्वरूप सबै पालिकामा कृषकका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको पशुसेवा कार्यालय धादिङका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार हो ।

पशु सेवा विभागबाट जिल्लामा २१ हजार डोज खोप प्राप्त भएको छ । पालिकाहरुको मागको आधारमा लम्पी स्किन रोग नियन्त्रणका लागि सम्बन्धित पालिकालाइ खोप पठाइएको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो ।

तीमध्ये सबैभन्दा धेरै धुनिबेशी नगरपालिकाका लागि ५ हजार ५ सय डोज पठाइएको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाभर ७० जना भ्याक्सिनेटर परिचालन गरिएको छ । खोप कर्ता टोलटोलमा पुग्दा कृषकहरूले सहकार्य गर्न पशुसेवा कार्यालयले आग्रह गरेको छ ।

गाई, गोरु र भैसीलाई प्राथमिकताकासाथ खोप लगाउने काम भइरहेको छ, डा. ठाकुरले भन्नुभयो, “आवश्यक परे थप खोप माग गरिनेछ ।

पशुपालक कृषकहरूलाई सतर्क रहन, गाई, भैसीमा लक्षण देखिएमा तुरुन्त नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन र खोप कार्यक्रममा सहकार्य गर्न पशुसेवा कार्यालय धादिङले आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस