२०८२ अषाढ १७, मंगलबार

जिल्ला अदालतमा रवीन्द्र मिश्रको बयान

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा बयान दिइरहेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ ३, मंगलबार
जिल्ला अदालतमा रवीन्द्र मिश्रको बयान

असार ३ काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा बयान दिइरहेका छन् ।

राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन् ।

थुनछेक बहसअघि जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको बयान चलिरहेको छ । यसपछि आजै थुनछेक बहस हुने र आदेश गर्ने जिल्ला अदालतको तयारी छ ।

यसअघि सोमबार राप्रपाका महामन्त्री समेत रहेका सांसद धवलशमशेर जबरा अदालतमा हाजिर भएका थिए । यही मुद्दामा राणालाई अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । राणा धरौटी बुझाएर रिहा भएको भोलिपल्ट मिश्र अदालतमा उपस्थित भएका हुन् ।

यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेक पछि मात्रै अदालतमा उपस्थित भएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस