असार ५ काठमाडौँ / तीन दलिय शीर्ष नेताको बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको बैठक स्थगित भएको हो ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आजको बैठक स्थगित भएको सूचना आएको जानकारी दिए । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले पनि आजको बैठक स्थगित भएको जानकारी दिए ।