२०८२ अषाढ १७, मंगलबार

इजरायल, इरानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सांसदको माग

सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेकी छन् । बिहीबार (असार ५) बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।
इजरायल, इरानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सांसदको माग

काठमाडौं / राष्ट्रियसभामा नेकपा एकीकृत समाजवादी की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेकी छन् । बिहीबार (असार ५) बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

उनले मध्यपूर्वको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीका परिवार ‘विक्षिप्त’ रहेको बताइन् । मध्यपूर्वमा रहेका नेपाली तत्काल स्वदेश फर्कन सक्ने अवस्था नरहेको उनले उल्लेख गरिन् । उनले उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिला, वृद्ध मारिएका र २० लाखभन्दा बढील मानिस बेघरबार भएका बताइन् । यो कार्य अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारविपरीतको नरसंहार रहेको भन्दै उनले सहन सक्ने अवस्था नरहेको टिप्पणी गरिन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस