५ असार, मकवानपुर / मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा देवरले भाउजुको बिभत्स हत्या गरेको प्रहरीले बताएको छ । दिउसो करिव २ बजे ५५ बर्षिया तुलुमाया गोपालीलाई देवर पर्ने ३५ बर्षिया जिवन गोपालीले धारिलो हतियारले प्रहार गरी हत्या गरेका हुन । हत्या गरे पछि ईलाका प्रहरी कार्यालय पालुङमा हतियार सहित आत्मसमर्पण गरेका थिए भने हत्या गर्नुको कारण बारे अनुसन्धान भै रहेको छ भने यस घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।