६ असार, काठमाडौं / प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी नेताहरुसँग छलफलमा छन् ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफलमा रहेका हुन् ।
शुक्रबारबस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राखिएको छ ।
प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा अवरोध नगर्ने अभ्यास रहेको स्मरण सभामुखले रास्वपालाई गराएका छन् । सभामुखले आफ्नो संघर्षको स्वरुप बदलेर वा स्थगन गरेर प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।