६ असार काठमाडौँ / विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ले अवरोध गरेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर संसदको कार्यसूचीबाट हटाइएको छ ।
संसद बैठक सुरू हुनेबित्तिकै शुक्रबार पनि राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । विपक्षी दलका सांसदहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको जानकारी दिए ।
बजेटमाथिको छलफल भने निरन्तर जारी रहने सभामुखले बताएका छन् । प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनेको सचिवालयले जानकारी दिएको हो ।