२०८२ अषाढ १७, मंगलबार

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने मोटरेबल पुल दोस्रोपटक भाँचियो

तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने मोटरेबल पुल दोस्रोपटक भाँचियो

८ असार, काठमाडौँ / रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।

मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो ।

भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको स्थानीयले बताएका छन् । पुल पटक–पटक भाँचिएपछि यसको गुणस्तरमा प्रश्न उठेको छ । यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस