२०८२ अषाढ १७, मंगलबार

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफ बहिष्कार

बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार
रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफ बहिष्कार

९ असार, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए ।

सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस