२०८२ अषाढ १७, मंगलबार

मेलम्ची–४ पाटिभन्ज्याङ बस्तीमा पहिरोको उच्च जोखिम, तत्काल सुरक्षा अपनाउन आग्रह

मेलम्ची नगरपालिका वडा नं ४ अन्तर्गत पर्ने पाटिभन्ज्याङ बस्तीमा निरन्तर झरिरहेको पहिरोका कारण गम्भीर जोखिममा परेको छ ।
मेलम्ची–४ पाटिभन्ज्याङ बस्तीमा पहिरोको उच्च जोखिम, तत्काल सुरक्षा अपनाउन आग्रह

असार ११ सिन्धुपाल्चोक / मेलम्ची नगरपालिका वडा नं ४ अन्तर्गत पर्ने पाटिभन्ज्याङ बस्तीमा निरन्तर झरिरहेको पहिरोका कारण गम्भीर जोखिममा परेको छ । विगत एक सातादेखि निरन्तर पहिरो खसिरहेकाले हाल करिब चारवटा घर उच्च जोखिममा छन् ।

स्थानीय बासिन्दा विश्वराम श्रेष्ठका अनुसार बस्तीमा पहिरोको खतरा बढ्दै गइरहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक देखिन्छ । मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा भएको भूस्खलनबाट पहिरो सुरु भएको र अहिले अवस्था जटिल बन्दै गएको छ । वडाध्यक्ष संजीव तामाङले घटनास्थलको निरीक्षण गरी बस्ती संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य कुमारी तामाङले पनि प्रभावित क्षेत्रको अवलोकन गरेकी छन् । उनका अनुसार

ठूलोथकनी निम्न माध्यमिक विद्यालय पनि पहिरोको जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले पहिरो निरन्तर बगिरहेको जानकारी दिएको छ ।
उच्च जोखिममा रहेका घरका बासिन्दालाई सतर्क रहन र आवश्यक परे तुरुन्त सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस