११ असार मेलम्ची / सिन्धुपाल्चोक मेलम्चीमा बहुक्षेत्रिय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख श्री उमा प्रधानज्यु,प्रशासकीय अधिकृत श्री झपेन्द्रराज खरेलज्यु लगायत कार्यक्रममा बोल्दै उपप्रमुख श्री उमा प्रधानले बालबालिका हाम्रो भविष्यका कर्णधार भएकाले बालबालिकामा लगानी गर्न मेलम्ची नगरपालिका सधै प्रतिवद्द रहेकोले यहाँहरूले पनि आफ्ना बालबालिकाहरूलाई सुनौलो १००० दिनको समयमा उचित स्याहार सुसार गर्दै यस् पालिकाबाट जीविकोपार्जनका लागि दिईने अनुदानको सदुपयोग गरि आर्थिक रूपमा अब्बल बन्न अनुरोध गर्नुभएको छ ।