१२ असार ललितपुर/ नेकपा (एमाले) केन्द्रीय सचिवालयको ५३औं बैठक आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
बैठकले आगामी भदौ २०–२२ गते ललितपुरको सनराइज हलमा पार्टीको दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ।
बैठकले महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रस्तावहरू तयार गर्न नेताहरूलाई जिम्मेवारी पनि तोकेको छ। राजनीतिक प्रतिवेदन अध्यक्ष ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत गरिनेछ।