२०८२ अषाढ १७, मंगलबार

राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको उद्धार गरियो

काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएकोे छ ।
राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको उद्धार गरियो

१२ असार काठमाडौँ / काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएकोे छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका–८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो ।

ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१–०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुशल उद्धार गरेको हो ।

प्रहरीका अनुसार उनी दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली हुन् । प्रहरीका अनुसार त्यो कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । उनी भने कार विष्णुमती खोलामा खस्नासाथ गाडीबाट बाहिर निस्केका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार युवतीको उद्धार गर्ने क्रममा ३ प्रहरी र २ स्थानीय घाइते भएका छन् । ‘उनको उद्धार गर्ने क्रममा तीन जना प्रहरी र दुईजना स्थानीय पनि घाइते भएका छन्, ‘उनीहरू सबै वसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि आज बिहान डिस्चार्ज भएका छन् ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस