२०८२ अषाढ १७, मंगलबार

नुवाकोटमा खोलाले बगाएर एक महिला बेपत्ता

नुवाकोटमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
नुवाकोटमा खोलाले बगाएर एक महिला बेपत्ता

१३ असार  नुवाकोट / नुवाकोटमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । अविरल वर्षापछि नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् । उनको खोजी कार्य सुरू भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
भसिबुमै वर्षापछि आएको पहिरोले तीन वटा गोठ बगाएको छ भने पहिरोमा परी स्थानीय अशोक बलामी घाइते भएका छन् । उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको डिएसपी थापाले जानकारी दिए । खोलाले बगाएको महिलाको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज खटिएको डिएसपी थापाले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस