२०८२ अषाढ १७, मंगलबार

नाटक ‘आयोजना नम्बर १६०’ कदममा मञ्चन

नाटक ‘आयोजना नम्बर १६०’ कदममा मञ्चन

१३ असार काठमाडाैँ दमक  झापाको दमकमा नियमित नाटक मञ्चनगरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ । ५ असार देखि कदम थिएटरको पाइवाइला हिममानाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशकसिजन दाहालले जानकारी दिए ।

नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै आएको छ । भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चनगरिएको उनले बताए । नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाकोभरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालले बताए ।

उनका अनुसारकर्मचारीतन्त्रले लोभमा फसेर कसरी सरकारी ढुकुटीमा राज गरिरहेका छन् भन्ने देखाएको छ। नाटक पूर्णतः कमेडी रहेको उनले बताए । नाटक ‘आयोजना नम्बर १६०’ मा एक जना सत्तासञ्चालक र स्थानीय सरकार मानिएको कर्मचारी तन्त्रलाई गहिरो प्रश्न गरिएको छ । कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजनानम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंगक्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेकाहुन् । लाइटमा आयुष भण्डारी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस