१५ असार काठमाडौँ / जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन् । आइतबार बयानका लागि अदालत लगेका एक जना थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
भाग्नेमा पश्चिम रूकुमका २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन् । उनलाई प्रहरीले जेठ २० गते चोरी आरोपमा पक्राउ गरेको थियो । उनको मुद्दा अनुसन्धान सकेर प्रहरीले बयानका लागि अदालतमा लगेको थियो ।
तर शौचालय जाने भनेर हिँडेका उनी फरार भएको एसपी बोहराले बताए । उनका अनुसार शाहीमाथि प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान भएको थियो ।