२०८२ अषाढ १९, बिहिबार

राष्ट्रिय महाधिवेशनको मिति तय भएको छैन,नेतृत्वको बहस रोक्नुहोस : महासचिव पोखरेल

राष्ट्रिय महाधिवेशनको मिति तय भएको छैन,नेतृत्वको बहस रोक्नुहोस : महासचिव पोखरेल

१८ असार काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिनुभएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो । बैठकमा बोल्दै महासचिव पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने बताउनुभयो ।’राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवश्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ झपार्टी केन्द्रीय कार्यलयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो ।

drishtinepal

भदौ २०–२२गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिनुभएको छ ।
महासचिव पोखरेलले राजनीतिक र सँगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै बिधान महाधिवेशनमा प्रष्तुत हुने जानकारी दिनुभयो । ’तर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछझ महासचिव पोखरेलले भन्नुभयो ।

बैठक अहिले जारी छ । बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी,बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई ,अध्यक्ष कैलाश ढुंगेल लगायत सहभागी हुनुहुन्छ । बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरुले सदस्यता नविकरण,नयाँ सदस्यता,टोल कमिटी गठन,पार्टीका अन्य गतिविधिका बारेमा रिपोर्टिङ गरिरहनु भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस