२०८२ अषाढ २३, सोमबार

संसदमा रास्वपा राप्रपाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ ।
संसदमा रास्वपा राप्रपाको विरोध

२३ असार काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि सदनमा विरोध गर्दै आइरहेको छ ।

रास्वपाका सांसदले रोस्ट्रमअघि उभिएर अवरोध गरेका हुन् । उता राप्रपाले भने आज पनि बहिष्कार नै गरेको छ । सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाए पनि दुई दलले समितिको नेतृत्वमाथि नै प्रश्न उठाउँदै आएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस