२०८२ अषाढ २४, मंगलबार

रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार

२४ असार काठमाडौँ / रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा मंगलबार आएको बाढीको कारण जलविद्युत आयोजनामा फसेका २३ जनालाई उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् । सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल–चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए । उद्धारको लागी सेनको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको छ ।

बाढीका कारण सम्पर्क विहीन भएकाहरूको खोजीमा धादिङ स्थित नम्बर–६ बाहिनी अड्डाबाट सेनाको टोलीलाई गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवा स्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशी इलाका तर्फ परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस