२०८२ अषाढ २५, बुधबार

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

२५ असार काठमाडौँ ढोरपाटन  बागलुङ / पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस