२५ असार काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई बुधबार त्रिवि उपकुलपति नियुक्त गरेका हुन् । अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकेका छन् ।
सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम असार २३ गते सिफारिस गरेको थियो । त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालको नाम सिफारिस भएको थियो ।
प्रा.डा. केशरजङ्ग बरालले त्रिवि उपकुलपतिबाट राजीनामा दिएका थिए । बरालले दिएको राजीनामा कुलपति ओलीले गत चैत २८ गते स्वीकृत गरेका थिए । त्यसपछि निमित्त उपकुलपतिको जिम्मेवारी केसीलाई दिइएको थियो ।