२०८२ अषाढ २५, बुधबार

म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

२५ असार, काठमाडौं / म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलले जानकारी दिए ।

दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बाबुछोरा पहिरोमा परेको प्रहरीले जानकारी दिएको छ । पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु बगाएको छ । उनका अनुसार बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ । बुधबार नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा झन्डै १० मिनेट म्याग्दी नदी थुनिएको थुनिएको थियो ।

गएराति १० बजेदेखिको वर्षाले पहिरो खसेको उनले बताए । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस