२०८२ अषाढ २९, आईतबार

पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन

पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ ।
पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन

२७ असार रोल्पा / पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारकै क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो ।

पञ्चायती प्रणालीदेखि बहुदलीय व्यवस्थासम्म उनी झन्डै ३० वर्ष तत्कालीन राप्रपाबाट निर्वाचित हुँदै पाँच कार्यकालसम्म उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको मन्त्री बनेका थिए ।

उनको जन्म वि.सं. १९९४ साउन १८ गते रोल्पाको साबिक मिझिङ गाविस–५ उपल्लोथर गाउँमा भएको हो । पछिल्लो समय उनी ललितपुरस्थित आफ्नै निवासमा बसोबास गर्दै आएका थिए । उनका पाँच छोरी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस