२०८२ अषाढ ३१, मंगलबार

घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार नेपालमै पहिलो पटक

पाटन अस्पतालमा पहिलो पटक घाँटीमा प्वाल पारेर मस्तिस्क पक्षघातको उपचार भएको छ ।
घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार  नेपालमै पहिलो पटक

३० असार काठमाडौँ / पाटन अस्पतालमा पहिलो पटक घाँटीमा प्वाल पारेर मस्तिस्क पक्षघातको उपचार भएको छ । केही दिन अघि मस्तिस्क पक्षघातको उपचार गर्ने क्रममा एक पुरुषको न्युरो इन्टरभेन्सनको प्रविधिबाट सफल उपचार भएको पाटन अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले जानकारी दिए ।

नेपालमा पहिलो पटक घाटिबाट तार छिराएर मस्तिस्क पक्षघातको उपचार भयो । यो नयाँ प्रविधि हो, उनले भने । यसरी उपचार गर्दा टाउको चिर्न नपर्ने भएकाले बिरामीलाई धेरै पिडा नहुने डा. पौडेलले बताए । ’अस्पताल बसाइँ समेत कम हुन्छ । जसले गर्दा खर्च पनि थोरै लाग्छ,’ उनले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस