२०८२ अषाढ ३१, मंगलबार

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई राजिनामा दिन एमाले स्थायी कमिटी सदस्य भट्टराईको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई राजिनामा दिन एमाले स्थायी कमिटी सदस्य भट्टराईको सुझाव

३१ असार काठमाडौं / नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्तालाई राजिनामा दिन सुझाव दिनुभएको छ ।
नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत मन्त्री गुप्तालाई सुझाव दिंदै घुस प्रकरणको निरुपणका लागि आफू छानविनका लागि तयार रहेको छु भन्दा नै पार्टी,सरकार र स्वयं गुप्तालाई पनि फाइदा हुने भट्टराईले उल्लेख गर्नुभएको छ ।

स्थायी कमिटी सदस्य भट्टराईले लेख्नु भएको छ– संघीय मामिला मन्त्रीज्यूले पदमुक्त भएर छानविनका लागि आफु तयार रहेको छु भन्दा नै सरकार,पार्टी र उहाँ स्वयंलाई हित हुने देखिन्छ ।

कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवा थमौती र भूमि समस्या समाधान आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्ति गरिदिन भन्दै मन्त्री गुप्ताले विभिन्न व्यक्तिसँग ७८ लाख घुस मागेको अडियो केही दिन पहिले सार्वजनिक भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस