२०८२ श्रावण ५, आईतबार

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

४ साउन  काठमाडौँ / काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । त्यसको नतिजा केहीबेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो ।

विद्यार्थीले प्राप्‍त पासपोर्ड र विवरणबाट यहाँ लगइन गरेर नतिजा हेर्न सक्नेछन् । परीक्षाका लागि छनोट भएका १६ हजार एकसय ३७ मध्ये शनिबारको प्रवेश परीक्षामा १४ हजार १७३ जना सहभागी भएका थिए । ५४ वटा परीक्षा केन्द्रबाट उनीहरू परीक्षामा सहभागी भएका थिए ।

परीक्षाको उत्तरपुस्तिका ओएमआर (अप्टिकल मार्क रिडर) प्रणालीमार्फत जाँच गरिएको महानगरपालिकाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस