२०८२ श्रावण ३१, शुक्रबार

तमोरको बाढीले बेलिब्रिज बगायो

ताप्लेजुङमा नमोर नदीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ ।
तमोरको बाढीले बेलिब्रिज बगायो

७ साउन काठमाडौँ / ताप्लेजुङमा तमोर नदीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ । फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल (बेलिब्रिज) आज बिहान ६ बजे बाढीले बगाएको हो ।

चार वर्षअघि पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बाढीले बगाएको हाइड्रो पावरका प्रबन्धक मुकुन्द पोख्रेलले जानकारी दिए । अविरल वर्षापछि बुधबार बिहान तमोर, घुन्सा र हेल्लोक खोलामा ठूलो बाढी आएको छ । वर्षासँगै लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको छ । त्यहाँका स्थानीयले भागेर ज्यान जोगाएका छन् ।

बेलिब्रिज बाढीले बगाएपछि त्यस क्षेत्रमा सवारी साधनसँगै पैदल आवतजावतमासमेत समस्या भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । त्यस क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस