२०८२ श्रावण २३, बिहिबार

एसपी नवीनकृष्ण भण्डारीले दिए राजीनामा

प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् ।
एसपी नवीनकृष्ण भण्डारीले दिए राजीनामा

२२ साउन काठमाडौँ / प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।

उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।

भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।

प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न इन्स्पेक्टर राजु अधिकारीलाई सिफारिस गरिएको छ । तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत अधिकारी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा थिए ।

उनी अनुसन्धानमा काविल अधिकृतको रूपमा चिनिन्छन्

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस