२०८२ श्रावण २७, सोमबार

ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह

ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ ।
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह

२३ साउन ललितपुर / ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म देखिएको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको डा. पौडेलले बताए । परीक्षणका लागि गोदावारी नगरपालिका, माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।

नमुना परीक्षणको क्रममा भेटिएको फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो । यसरी दूषित पानी पिउँदा झाडापखाला र हैजा टाइफाइड लगायतका सरुवा रोग फैलन सक्ने भएकाले सचेत हुन प्रमुख डा. पौडेलको सुझाव छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस