२०८२ श्रावण २७, सोमबार

रूपन्देही–३ को उपनिर्वाचनका लागि एमालेबाट चार जना आकांक्षी

रूपन्देही–३ को उपनिर्वाचनका लागि एमालेबाट चार जना आकांक्षी

२४ साउन काठमाडौँ / प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट ४ जना आकांक्षी देखिएका छन् । एमाले ३ नं क्षेत्रीय समन्वय समितिको शुक्रबारको विस्तारित बैठकमा ४ जनाले मात्रै उम्मेदवार हुन आकांक्षा व्यक्त गरेको एमालेले जनाएको छ । आकांक्षीहरू सबै पुरुष छन् ।

नेकपा एमालेले भने एक जना अनिवार्य महिला सहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियो । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा सोही क्षेत्रको इन्चार्ज समेत रहेका खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख हरि अधिकारी, व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञ जित शाहले उम्मेदवारमा दाबी गरेका छन् ।

विस्तारित बैठकमा उम्मेदवार बन्न इच्छुकहरूसँग नाम मागिएको थियो । सो क्रममा उनीहरूले आफू उम्मेदवार बन्न इच्छुक रहेको भन्दै केन्द्रमा सिफारिसका लागि अनुरोध गरेका थिए ।
आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा भदौ १५ गते भित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन पार्टी केन्द्रले सयमसिमा तोकिदिएको छ । पार्टी केन्द्रीय कमिटी बैठकले एक महिला सदस्यसहितको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुई जना पुरुष र एक जना महिलाको नाम पठाइने अध्यक्ष गैरेले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस