२०८२ भाद्र २४, मंगलबार

कलंकी र सातदोबाटोमा टायर बालेर प्रदर्शन

कलंकी र सातदोबाटोमा टायर बालेर प्रदर्शन

२४ भदौ, काठमाडौं / नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । कर्फ्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यका तीनै जिल्लामा कर्फ्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ ।

उपत्यकामा चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन । ललितपुरमा रहेको सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । सातदोबाटो र कलंकीस्थित चक्रपथ सडकमै प्रदर्शनकालीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यो पनि

ताजा अपडेट

८ घण्टा अघि

संसद् भवनमा आगजनी

यो साताको प्रचलित

खोजी गर्नुहोस