३१ भदौ काठमाडौँ / भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् ।
उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाउनु परेको थियो । यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् ।
लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् । उपत्यकाको विभिन्न चोकहरूमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भए पछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरू फिल्डमा खटिएका छन् ।