३ असोज काठमाडौं / नेकपा एमालेले संविधान दिवस मनाएको छ । संविधान स्थापना भएको १० वर्ष पुगेर ११ वर्षा लागेको अवसरमा एमालेले केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएनन् । जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।
महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका थिए ।