३ असोज काठमाडौं / जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारीसाधनहरू हटाउन सुरु गरिएको छ । विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी गरिएको सयौँ सवारीसाधन नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरभित्र राखिने भएको छ ।
हाल ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भइरहेको छ । केही दिनभित्र सिंहदरबारभित्र जलेका सम्पूर्ण सवारीसाधन हटाउने मन्त्रालयले जनाएको छ ।