२०८२ आश्विन ३०, बिहिबार

नमोबुद्धका पूर्वमेयरको निधन

काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ ।
नमोबुद्धका पूर्वमेयरको निधन

७ असोज / काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । दुर्घटनामा घाइते भएका टंकप्रसाद धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।

नमोबुद्ध–२ घर भएका ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट नमोबुद्धको मेयरमा निर्वाचित भएका थिए ।

गएको साउन १० गते बीपी राजमार्गको बीसकिलो भन्ने ठाउँमा बा.६२ प ३५७८ नम्बरको स्कुटर र तिमलसिना सवार स्कुटर बा.प्र०३–०२–००७ प ८८०० ठोकिँदा उनी गम्भीर घाइते भएका थिए । तिमल्सिना सवार स्कुटर उनका छोरा किशोरले चलाएका थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् । दुर्घटनामा उनका छोरा किशोर सामान्य घाइते भएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस