२६ असोज काठमाडौं / अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । जेनजी प्रतिनिधिलाई भेटवार्ताका लागि राष्ट्रपति पौडेलले शनिबार निवासमा बोलाएका थिए ।
तर उनको स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । हिजोदेखि भर्ना भएका उनको स्वास्थ्यमा सुधार देखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएको कार्यालयले जनाएको हो ।
अस्पतालले पनि शनिबार विज्ञप्तिमार्फत् स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उल्लेख गरेको थियो ।