२०८२ आश्विन ३०, बिहिबार

सुनको मूल्य २ लाख ५० हजार कट्यो, हालसमै उच्च

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ ।
सुनको मूल्य २ लाख ५० हजार कट्यो, हालसमै उच्च

३० असोज काठमाडौँ / नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ । यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।

यस्तै चाँदीको मूल्य समेत बढेको छ । बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस