२०८२ कार्तिक ९, शनिबार

घाँस काट्न जादा जंगली जनावरको आक्रमणबाट मृत्यु

बाँकेमा एक जना पुरूषको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।
घाँस काट्न जादा जंगली जनावरको आक्रमणबाट मृत्यु

८ कार्तिक बाँके / बाँकेमा एक जना पुरूषको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गुरूवागाउँ नमूना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शव शनिबार बिहान साढे सात बजेतिर जंगलमा फेला परेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार रिम्ना समुदायक वनभित्र शनिबार बिहान खोजी गर्ने क्रममा खत्रीको शव फेला परेको हो ।
एउटा खुट्टा छिनालेको अवस्थामा खत्रीको शव फेला परेको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रडम्मर पालसहितको प्रहरी टोली पुग्दैछ ।

घर परिवारका अनुसार खत्री घाँस काट्न भनेर शुक्रबार रिम्ना सामुदायिक वनमा गएका थिए । उनी फर्केर नआएपछि स्थानीयले खोजी गर्ने क्रममा बिहान शव फेला पारेका हुन् ।

स्थानीयले बाँके राष्ट्रिय निकुञ्जको बाघको आक्रमणबाट खत्रीको मृत्यु भएको बताउँदै आएका छन् । तर, प्रहरी प्रशासन भने बाघ वा चितुवा केको आक्रमणबाट खत्रीको मृत्यु भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने बताउँछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस