२०८२ कार्तिक १२, मंगलबार

प्रहरी जवानलाई कुटपिट गरेको फुटेजको आधारमा थप २ जना पक्राउ

प्रहरी जवानलाई कुटपिट गरेको फुटेजको आधारमा थप २ जना पक्राउ

११ कार्तिक काठमाडौँ / जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा प्रहरी जवानलाई कुटपिट गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भएर सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भएर मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ छन् ।

आरोपीहरूले जवान उत्तम थापालाई कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आन्दोलनकारीको कुटपिटबाट प्रहरी जवान थापाको मृत्यु भएको थियो ।

सोमबार पक्राउ परेका दुवै जना आरोपीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएर थप अनुसन्धान थालिएको छ । भदौ २४ मा उनीहरुले जवानलाई कुटपिट गरेको र प्रहरी वृत्त महाराजगन्जमा तोडफोड तथा आगजनी गरेको भिडियो फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रहरी हत्यामा संलग्न आरोपमा यसअघि पक्राउ परेका ५ जना काठमाडौँ प्रहरीको हिरासतमा छन् । थुनामा हुनेहरूमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस