२०८२ कार्तिक १८, सोमबार

माइतीघरमा प्रदर्शन गर्न गएका युवक पक्राउ

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघरमा प्रदर्शन गर्न गएका युवक पक्राउ

१६ कात्तिक, काठमाडौं / काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।

माइतीघर क्षेत्रमा केहीबेरदेखि सवारी आवागमन समेत अवरुद्ध हुनेगरी युवाहरू प्रदर्शनमा छन् । यसअघि पक्राउ परेर गाँजा सेवन गरिएको भेटिएका अभियन्ता निकोलस भूसालसमेतले आज माइतीघरमा प्रदर्शन गर्ने बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस