२०८२ कार्तिक २२, शुक्रबार

काठमाडौंबाट ’ग्यास गन’ सहित एक जना पक्राउ

काठमाडौंबाट ग्यास गन सहित एक जना पक्राउ परेका छन् ।
काठमाडौंबाट ’ग्यास गन’ सहित एक जना पक्राउ

२२ कार्तिक काठमाडौँ / काठमाडौंबाट ग्यास गन सहित एक जना पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना छन् । उनलई प्रहरीले एउटा ग्यास गन, एउटा मोबाइल र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड पनि बरामद भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले ग्यास गन प्रयोग गर्छ। यसबाट अश्रुग्यास प्रहार हुन्छ ।

प्रहरीले पाएको विशेष सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो । उक्त टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

यो पनि

ताजा अपडेट

१६ घण्टा अघि

सुनको मूल्य बढ्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस