२०८२ कार्तिक २५, सोमबार

मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ ।
मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड

२४ कात्तिक, काठमाडौं / मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरूले प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् ।

अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिंडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादवलाई बर्दिबासको एक होटलमा शपथ गराएकी थिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस