२०८२ मंसिर ४, बुधबार

दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो– हिंसा भड्काउन अभिव्यक्ति दिने छुट कसैलाई छैन

दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो– हिंसा भड्काउन अभिव्यक्ति दिने छुट कसैलाई छैन

३ मंसिर, काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजेतिर भक्तपुरको मध्बयपुर थिमि नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईंलाई पक्राउ गर्न मध्यराति उनको निवास पुगेको थियो । ठूलो संख्यामा पुगेको प्रहरी टोलीलाई सुरुमा प्रसाईंका मान्छेले गेट खोल्न मानेनन् । अन्ततः प्रहरी गेटभित्र छिरेर प्रसाईंलाई पक्राउ गर्‍यो ।

प्रसाईं पक्राउ परेपछि बोलेकै आधारमा सरकारले अनावश्यक रूपमा पक्राउ गरेको भन्दै सरकारको आलोचना पनि भइरहेको छ । जेनजी अगुवा सुदन गुरुङदेखि संविधानविद् भीमार्जुन आर्चायसम्मले यो गिरफ्तारीमा प्रश्न उठाएका छन् ।

प्रसाईंको गिरफ्तारिमा उनीहरू जस्तै केही राजावादी समर्थकहरूले पनि आपत्ति जनाएका छन् । यसअघि यस्तै अभिव्यक्ति दिएको आरोपमा डा निकोलस भुसाल पक्राउ परेका थिए । उनले ड्रोनबाट बम खसालेर प्रहरी हेडक्वाटर नै ध्वस्त पार्न सक्नेसम्मको चेतावनी दिएका थिए ।

तर उनीहरूको पक्राउकोलाई अभिव्यक्ति स्वतन्त्रको रूपमा बुझ्न नहुने प्रहरीले बताएको छ । अभिव्यक्ति स्वतन्त्रको नाममा कानुन विपरीतको कार्य गर्ने, हिंसा भड्काउने छुट कसैलाई नभएको प्रहरीले बताएको छ ।

प्रसाईं पक्राउ पर्नुको कारणमा जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति निकालेरै प्रष्ट पारेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस