२०८२ मंसिर ९, सोमबार

८ पार्टीले गरे राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता

८ पार्टीले गरे राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता

७ मंसिर काठमाडौँ / राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । मंसिर १ गतेदेखि एक साताको समय दिएर निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको थियो ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय छ । आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ । राष्ट्रिय सभाका अध्यक्ष दाहालको पनि आउँदो फागुनबाट कार्यकाल सकिन्छ । रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ८ दलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । नेपाली कांग्रेसले आइतबार दल दर्ता गर्ने तयारी गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा जाने निर्णय गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस