२०८२ मंसिर १२, बिहिबार

एमाले महाधिवेशन

एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा एक हजारभन्दा कम शुल्क

उमेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको
एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा एक हजारभन्दा कम शुल्क

मंसिर ९ ,काठमाडौं । केही जिल्लामा प्रतिनिधिको उमेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको भन्दै विभागले पाँच बँुदे निर्देशन जारी गर्दै प्रतिनिधिको उमेदवारी शुल्क एक हजार रुपैयाँभन्दा बढी नलिन निर्देशन दिइएको छ ।

पार्टीकोे अधिकारीका अनुसार, चुनावी प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ । यसकानिम्ति केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

कायम भएको अन्तिम मतदाता सूची केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन दिइएको छ । प्रतिनिधि छनोटका निम्ति सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र उक्त कार्यमा सहजीकरण गन विभागले निर्देशन जारी गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस