
९ मंसिर सुर्खेत / सुर्खेतमा जिल्ला समन्वय समितिको सभा हलमा आज नेकपा एमालेको युवा जागरण कार्यक्रम चलिरहेको छ । जहाँ एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेता छन् ।
त्यसको केहीपर जेनजी समूहका केही युवाहरूले बस्नेतको विरोध गरिरहेका छन् । जेनजी समूहका युवा झन्डै पाँच सय मिटर पर बस्नेतको विरोधमा हातमा प्लाकार्ड लिएर उभिएका छन् ।
युवा जागरण कार्यक्रम स्थलको सुरक्षार्थ डिएसपी मोहनजंग बुढथापाको नेतृत्वमा प्रहरी खटिएको छ ।