
मंसिर १७, दाङ / तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरू बीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीे प्रति असहमति जनाउँदै कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएको बताएका छन्।
उनले बुधबार प्रमुख सचेतक समक्ष आफ्नो राजीनामा पेस गरेका हुन्।
शर्मा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने उनले पछिल्लो समय ‘प्रगतिशील राष्ट्रिय अभियान’ पार्टीका पक्षमा वकालत गर्दै आएका छन्।