२०८२ मंसिर २२, आईतबार

पद खारेज

राष्ट्रिय प्रजातन्त्र पार्टीको मधेस प्रदेशकी एक मात्र सांसदको पद खारेज

राष्ट्रिय प्रजातन्त्र पार्टीको मधेस प्रदेशकी एक मात्र सांसद कंचन विच्छाको पद गुमेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको मधेस प्रदेशकी एक मात्र सांसदको पद खारेज

मंसिर १९,काठमाण्डौ /  राष्ट्रिय प्रजातन्त्र पार्टीको मधेस प्रदेशकी एक मात्र सांसद कंचन विच्छाको पद गुमेको छ।

पार्टीलाई जानकारी नदिई नेकपा एमाले संसदीय दल नेता सरोज यादव नेतृत्वको सरकारमा विच्छा सांसद बनेकी थिइन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रहमा सरकारबाट फिर्ता आउन नमानेपछि राप्रपा अनुशासन आयोगले विच्छामाथि कारबाही सिफारिस गरेको थियोे भने केन्द्रीय कार्यसम्पादन समितिले ६ महिना पार्टीबाट निलम्बन गर्दै सरकार र प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। राप्रपाको उक्त निर्णय मंसिर १२ गते मधेस प्रदेश सचिवालयमा प्राप्त भएको थियो। त्यसअनुसार शुक्रबार विच्छाको सांसद पद गुमेको सूचना प्रदेश सभाले टाँस गरेको छ।

यसबीचमा एमाले नेतृत्वको सरकार ढलिसकेको छ। नयाँ सरकार गठनका लागि गृहकार्य भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस